COVID-19 को समयमा रक्तदान

English Version

AABBको (अमेरिकन एसोसिएशन अफ ब्लड बैंक) अनुसार, "मान्छेहरु रक्तदान गर्दा र रगत चढाउदा COVID-१९को संक्रमणको जोखिममा पर्दैन, किनकि COVID-१९को हावाबाट सर्ने भाइरस हो त्यसैले रक्तदान गर्दा र रगत चढाउदा सर्न सक्दैन। U.S. FDA (फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन) को अनुसार अहिलेसम्म रगत चढाउदा COVID-१९ को कुनै रिपोर्ट आएको वा शंकास्पद घटनाहरू भएको छैन।”

त्यसमाथि, विगत दुई दशकमा कोरोनाको महामारीमा (SARS र MERS-CoV) कुनैपनि रगत ट्रान्सफ्यूजनको घटनाहरु छैन। तर यसको पुष्टिकरणका लागि थप अनुसन्धानहरु भइरहेको छ। (स्रोत: www.aabb.org)


लकडाउन हुँदा कसरी रक्तदान गर्ने?

blood needed blood needed

NRCSले (नेपाल रेड क्रस सोसाइटी) रक्तदाताहरुको स्वास्थ्यलाई मध्यनजरमा राखेर रगत संकलन गर्दछ । लकडाउन हुँदा रक्तदाताहरुको कुराहरुलाइ ध्यान दिन पर्छ।

  • यदि तपाईं आफ्नै गाडी चलाउन असमर्थ हुनुहुन्छ भने, हामी बिरामी पार्टीसँग कुरा गर्छौं तपाईंलाई लिन र तपाईंलाई तपाईंको घरमा सुरक्षित रूपमा पुर्याउने बन्दोबस्त गर्छौ ।
  • बिरामी पार्टी तपाईंलाई अस्पतालमा प्रदान गरिएको रगत अनुरोध फारम र परमिट लिएर तपाईलाई लिन आउने छ ।
  • तपाईको सुरक्षाको लागि, हामी बिरामी पार्टीहरुलाई मास्क लगाउन र ह्यान्ड सेनिटाइजर प्रयोग गर्न साथै COVID-१९ को सुरक्षाको लागि सचेत गर्छौ । तपाईं ब्लड बैंक जाँदा र फर्किंदा अनिवार्य रुपमा मास्क र सेनिटाइजर प्रयोग गर्नुपर्नेछ |
  • यदि तपाइको समुदायमा ५ भन्दा बढी व्यक्ति एउटै स्थानबाट रक्तदान गर्न तयार हुनुहुन्छ भने NRCSले घर-घरमा स्वैच्छिक रक्त संकलन पनि गरिरहेको छ । तर एक्लो व्यक्तिको रक्त संकलन गर्नको लागि प्रावधान छैन।


लकडाउनको क्रममा रगत किन दान गर्ने?

राष्ट्रिय समाचारहरुको अनुसार काठमाडौं उपत्यकामा र बाहिर कोरोनाभाइरसको चिन्ताको कारण धेरै रक्त संकलन कार्यक्रमहरु रद्द भएका छन्। त्यसैले स्वस्थ मानिसहरुले रक्तदान गर्नु आवश्यक छ | जीर्ण रोगीहरु जस्ता थालेसिमिया , ल्युकेमिया आदि बिरामीहरूलाई नियमित रगत चाहिन्छ। अहिलेको समयमा रक्तदान गर्नु पहिले रक्तदान गर्नु भन्दा महत्त्वपूर्ण छ र रगतको नियमित आपूर्ति निर्माण गर्नु जरूरी छ । सामाजिक दूरीको मतलब सामाजिक विच्छेदन हुनु आवश्यक छैन।

यहाँ रक्तदान गर्नु पहिले भन्दा अहिले किन अझ महत्त्वपूर्ण छ भन्ने बारे एउटा भिडियो छ -


सुरक्षित रक्तदानको लागि प्रोटोकल

धेरै रक्तदाताहरुबाट प्रश्नहरू आएकाले HLBले COVID-१९को आपतकालीनमा रक्तदानको बेला रक्तदाताहरुहरुको स्वास्थ्य सुनिश्चित गर्नको लागि यस सुरक्षा प्रोटोकल बनाएको छ। यो प्रोटोकल ब्लड बैंक र NRNA -BTS TT सहित नेपालका सबै रक्त संगठनहरुबाट प्राप्त प्रतिक्रिया र प्राविधिक समर्थन समावेश गरी बनेको छ। हामीले यो प्रोटोकल रक्तदाताहरूलाई दिएका छौ ।
सुरक्षित रक्तदान प्रोटोकल


रगत चाहियो हटलाइन

blood needed

COVID-१९को आपतकलिन स्थितिमा HLB ले बिरामीहरुका लागि ब्लड हटलाइन सेवा प्रदान गर्दै आएको छ । हाम्रो हटलाइन नम्बर ९८०१२३००४५ हो। रगतको अभाव परेका बिरामीहरूले यस नम्बर वा फेसबुक मार्फत HLB सँग सिधा सम्पर्क गर्न सक्दछन् ।
☎️ सम्पर्कको लागि ९८०१२३००४५ HLB फेसबुक पृष्ठ

कोरोनाको समयमा रक्तदानका लागि जानकारी तथा जनचेतना सामाग्रीहरु

COVID-१९को आपतकलिन स्थितिमा HLB ले रक्तदानका लागि जानकारी तथा जनचेतना सामाग्रीहरु सिर्जना गरेको छ जुन आवश्यकता अनुसार सबै सरोकारवालाहरु द्वारा पुनः प्रयोग गर्न सकिन्छ। सबै जानकारी तथा जनचेतना सामाग्रीहरु यहाँ उपलब्ध गराएको छ।
डाउनलोड जानकारी तथा जनचेतना सामाग्रीहरु.


रगत दान गर्ने प्रतिबद्धता

हाम्रो लाइफ बैंकले सबै स्वस्थ व्यक्तिहरूलाई रक्तदानको लागि नजीकको ब्लड बैंक जान र स्वैच्छिक रक्तदान गर्न आग्रह गर्दछ। यहाँ काठमाडौं उपत्यकाभित्र र बाहिर ब्लड बैंकहरूको सूची छ ।
रक्त बैंकहरूको सूची. म रक्तदान गर्छु.


हालको रगत मागको तथ्यांक:

रगतको माग प्रतेक हप्ता : १५