काेराेना भाइरस भनेकाे के हाे?

काेराेना भाइरसद्धारा संक्रमित माइक्रोबियल एजेन्ट पहिलो पटक चीनको वुहानमा सन् २०१९ काे डिसेम्बरमा रिपोर्ट गरिएको थियो यो नयाँ प्रजातीको भाइरस हो जुन मानव प्रजातिमा पहिले पटक देखिएको हो। यस भाइरसले सामान्य रुघाखोकी देखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वासको समस्या तथा न्यूमोनियाबाटनि संक्रमण भई मृगौला विफल भएर विरामीको मृत्यु समेत हुन सक्दछ| कोरोनाभाइरस धेरै एभियन र स्तनधारीमाहरूमा (mammals)पहिचान भएका छन् जसमा चमेरा, नकाबधारी पाम सिभेट्स, मुसा, कुकुर र बिरालाहरू पनि छन् । स्तनधारीमा (mammals) कोरोनाभाइरस अब नियमित रूपमा पहिचान गरीन्छ।

कोरोनाभाइरसकाे उत्पत्ति / ईतिहास 

कोरोनाभाइरस पहिलो पटक १९६० को दशकमा देखा परेको थियो। सबैभन्दा पहिले पत्ता लागेको virus कुखुरामा संक्रामक ब्रोन्काइटिस भाइरस  र रुघा खोकीको साथमा मानव बिरामीहरूको नाक गुहाबाट दुई भाईरसहरू देखापरेकाे थियो जसलाई पछि Human Coronavirus 229E र Human Coronavirus OC43 भन्ने नाम दिइयो। त्यसपछी यस भाइरस को परिवारका अन्य सदस्यहरू जस्तै “SARS-CoV” 2003 मा, “HCoV NL63” 2004मा, “HKU1” 2005 मा, “MERS-CoV” 2012मा, and “SARS-CoV-2”  (formerly known as 2019-nCoV) मा पहिचान हुन थाल्यो । यी मध्ये धेरैमा गम्भीर श्वासप्रणालीको संक्रमणहरू देखापरेका थिए ।

मानव कोरोनाभाइरसका प्रकारहरू

१५ देखी ३०% सम्म वयस्क र बच्चाहरूमा देखापर्ने रुघाखोकीहरु काेराेना भाइरस का कारण भएको अनुमान लगाएको छ। २००३ मा पत्ता लगेको मानव कोरोना भाइरस, सार्स-कोभलाई  गम्भीर श्वासजनक रोग मानिन्छ किनकि यसले दुबै माथिल्लो र तल्लो श्वासन प्रणालि को संक्रमण गर्दछ।

मानव कोरोना भाइरस संक्रमणलाई रोक्न वा उपचार गर्न कुनै खोप वा एन्टीवायरलऔषधिहरू छैनन् ।

मानव कोरोना भाइरस का सात प्रकारहरू यस प्रकार छन् :

  • Human coronavirus 229E (HCoV-229E)
  • Human coronavirus OC43 (HCoV-OC43)
  • Severe acute respiratory syndrome coronavirus (SARS-CoV)
  • Human coronavirus NL63 (HCoV-NL63, New Haven coronavirus)
  • Human coronavirus HKU1
  • Middle East respiratory syndrome-related coronavirus (MERS-CoV), previously known as novel coronavirus 2012 and HCoV-EMC
  • Severe acute respiratory syndrome coronavirus 2 (SARS-CoV-2), previously known as 2019-nCoV or "novel coronavirus 2019"