Myth: न्यून÷उच्च रक्तचाप (लो वा हाई ब्लप्रेसर) कोभिड–१९ को लक्षण हुनसक्छ ।


Fact: कोभिड–१९ को सबैभन्दा सामान्य लक्षणहरू भनेको ज्वरो, थकान र सुक्खा खोकी हुन् । केही विरामीहरूलाई शरीर÷जीउ दुख्ने, नाक बन्द हुने, सिगान बग्ने, घाँटी खराब हुने वा पखाला लाग्ने पनि हुनसक्छन् । यी लक्षणहरू प्रायः हलुका हुने र क्रमशः बढ्दै जानेगर्छन् । केही व्यक्तिहरू संक्रमित भएपनि उनीहरूमा कुनै पनि लक्षण देखापर्दैन् र विरामी पनि हुँदैनन् । अधिकांश व्यक्ति (करिव ८० %) यस रोगबाट कुनै पनि विशेष उपचार विना नै निको हुन्छन् । कोभिड–१९ रोग लाग्ने हरेक ६ जनामध्ये एकजना गम्भीर विरामी पर्ने गर्छन् र स्वासप्रश्वास (सास फेर्न) कठिन हुनजान्छ । वृद्धवृद्धा र पहिला नै उच्च रक्तचाप, मुटुको समस्या वा मधुमेहजस्ता स्वास्थ्य समस्या भएका व्यक्तिहरूमा यो रोग गम्भीर भएर जाने सम्भावना बढी हुन्छ । ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न कठिन भएको अवस्थामा चिकित्सीय सल्लाह लिनुपर्छ ।

भ्रम: न्यून÷उच्च रक्तचाप (लो वा हाई ब्लप्रेसर) कोभिड–१९ को लक्षण हुनसक्छ ।


यथार्थ: कोभिड–१९ को सबैभन्दा सामान्य लक्षणहरू भनेको ज्वरो, थकान र सुक्खा खोकी हुन् । केही विरामीहरूलाई शरीर÷जीउ दुख्ने, नाक बन्द हुने, सिगान बग्ने, घाँटी खराब हुने वा पखाला लाग्ने पनि हुनसक्छन् । यी लक्षणहरू प्रायः हलुका हुने र क्रमशः बढ्दै जानेगर्छन् । केही व्यक्तिहरू संक्रमित भएपनि उनीहरूमा कुनै पनि लक्षण देखापर्दैन् र विरामी पनि हुँदैनन् । अधिकांश व्यक्ति (करिव ८० %) यस रोगबाट कुनै पनि विशेष उपचार विना नै निको हुन्छन् । कोभिड–१९ रोग लाग्ने हरेक ६ जनामध्ये एकजना गम्भीर विरामी पर्ने गर्छन् र स्वासप्रश्वास (सास फेर्न) कठिन हुनजान्छ । वृद्धवृद्धा र पहिला नै उच्च रक्तचाप, मुटुको समस्या वा मधुमेहजस्ता स्वास्थ्य समस्या भएका व्यक्तिहरूमा यो रोग गम्भीर भएर जाने सम्भावना बढी हुन्छ । ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न कठिन भएको अवस्थामा चिकित्सीय सल्लाह लिनुपर्छ ।

Source: WHO