लकडाउनको पहिलो बिहानी : शून्य सडक, शान्त सहर [तस्बिरहरु]

    काठमाडौँ — संसारभर महामारीका रुपमा फैलिइरहेको कोभिड-१९ (कोरोना भाइरस)को संक्रमण नेपालमा पनि देखिएपछि सरकारले आजदेखि एक साताका लागि देशै लकडाउन गरेको छ । लक डाउनको पहिलो बिहान राजधानी काठमाडौं सहरका सहर बजार शून्य र शान्त देखिएका छन् । 

    मानिसको आवतजावत रोकेर नै भाइरसको संक्रमणलाई रोक्न सकिने विश्व स्वास्थ्य संगठन लगायतको सुझाव पछि मानिस र सवारीसाधनको आवतजावतमा रोक लगाइएको हो । सँधै सवारी चाप हुने सडकहरुमा अत्यावश्यक सेवाका गाडी मात्र देखिन्छन् । बिहानैदेखि सहरका विभिन्न भागमा प्रहरीहरु परिचालित छन् ।
    तस्बिरहरु : इलिट जोशी















    प्रकाशित : चैत्र ११, २०७६ ०७:५७