गौरीफन्टा नाकामा तनाव

Source: ekantipur.com
Source Url: https://ekantipur.com/news/2020/03/24/15850253044123983.html
Source Url: https://ekantipur.com/news/2020/03/24/15850253044123983.html
कैलाली — भारतका विभिन्न शहरबाट आएकाहरु सुदूरपश्चिमको प्रमुख सीमा नाका धनगढीको गौरीफन्टामा सोमबार रातिदेखि अलपत्र परेका छन् । सुरक्षाकर्मीले आउन नदिएको भन्दै मंगलबार बिहानैदेखि उनीहरु नाराबाजी गरिरहेका छन् ।
कैलालीका सबै ठाउँ मंगलबार बिहानै ६ बजेदेखि लकडाउनको अवस्था छ। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार करिब एक हजारभन्दा बढीको संख्यामा सुदूरपश्चिमको ९ वटै जिल्लाका बासिन्दाहरु त्यहाँ रोकिएका छन्।
बिहान उनीहरुले नेपाल आउन पाउनुपर्ने भन्दै नाराबाजी पनि गरेका थिए। अत्यधिक भीड भएकाले सुरक्षाकर्मीलाई सम्हाल्न सकस भएको छ। कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहन जोशीका अनुसार जिल्ला प्रशासन र मुख्यमन्त्रीले उनीहरुलाई के गर्ने भन्ने बारेमा गृह मन्त्रालयसँग समन्वय गरिरहेका छन्। प्रकाशित : चैत्र ११, २०७६ १०:३३