लकडाउन उल्लंघन गर्ने ५२ जना पक्राउ

    काठमाडौँ — लकडाउन उल्लंघन गर्ने ५२ जनालाई प्रहरीले पक्राउ गरेको छ । हुलहुज्जत गरेर सडकमा निस्किएका उनीहरुलाई विभिन्‍न जिल्लाबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले बताए ।

    माइकिङ गरेर सर्वसाधरणालई घरबाट ननिस्कन आग्रह गरिएको तर त्यसलाई उलंघन गर्ने ५२ जनालाई पक्राउ गरिएको डीआईजीक्षेत्रीले जानकारी दिए।

    पक्राउ परेका सबैलाई कोरोना संक्रमणको सम्भावित जोखिमबारे सम्झाइ-बुझाइ छाडिएको उनले बताए । अन्य स्थानमा भने नागरिक आफैं सचेत भएर लकडाउनको पालना गरेको प्रहरीले जनाएको छ ।

    तरकारी,खाद्यान्‍न,पानी दूध,औषधि लगायत अत्यावश्यक लगायतका वस्तु खरिद गर्न जानेलाई परिस्थिती हेरेर लचकता अपनाइएको प्रवक्ता क्षेत्रीले बताए । प्रकाशित : चैत्र ११, २०७६ १७:२०