थप १४७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
    Source: onlinekhabar.com
    Source Url: https://www.onlinekhabar.com/2020/07/884061

    ८ साउन, काठमाडौं । बिहीबार नेपालमा १ सय ४७ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म १८ हजार २४१ जनामा कोरोना संक्रमण भएको छ ।

    सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको छ । बिहीबार कोरोना संक्रमणबाट वीरगञ्जमा एक जनाको मृत्यु  भएको छ ।