शुक्रबार थपिए १ सय ३३ कोरोना संक्रमित
    Source: setopati.com
    Source Url: https://www.setopati.com/social/212104/

    शुक्रबार १ सय ३३ जना कोरोनाका संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

    यीसहित मुलुकभर कुल संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ। 

    त्यस्तै २४ घण्टामा १ सय ७ जना कोरोनाबाट मुक्त भएका छन्।

    ४४ जनाको कोरोनाका कारण मृत्यु भएको छ।