सप्तरीमा थप १३ जनामा कोरोना पुष्टि

    राजविराज — सप्तरीमा आइतबार साँझ थप १३ जनामा कोभिड-१९ पोजिटिभ देखिएको छ । योसँगै जिल्लामा आइतबार मात्र संक्रमितको संख्या २० पुगेको छ ।


    साँझ संक्रमण पुष्टि भएकाहरुमा राजगढ गाउँपालिकाका ६ जना,राजविराज नगरपालिकाका ३ जना,हनुमाननगर कंकालिनी नगरपालिकाका ३ जना र डाकनेश्वरी नगरपालिकाका १ जना रहेको जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादवले बताए ।

    आइतबार दिउँसो एक न्यायाधीश र एक प्रहरीसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    जिल्लामा हालसम्म ४ सय ४७ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ३ सय १२ जना निको भएर घर फर्किएका छन् भने कोरोनाबाट एक जनाको मृत्यु भएको छ ।


    प्रकाशित : श्रावण ११, २०७७ २०:१९