उपत्यकामा १५ सहित थप २१० जनामा संक्रमण, संक्रमितको संख्या १९ हजार २७३ पुग्यो   

    काठमाडौँ — उपत्यकामा १५ सहित थप २१० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा थप २१० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । उनका अनुसार नेपालमा संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ ।     


    २४ घन्टामा १४६ जना संक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै १४ हजार २१ जना कोरोना निको भएर डिस्चार्ज भएका प्रवक्ता गौतमले बताए । ७२.७ प्रतिशत संक्रमित निको भएको छ ।

    भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ भने बुधबार संक्रमणमुक्त जिल्ला बनेका छन् ।

    प्रवक्ता गौतमका अनुसार आइसोलेसनमा ५ हजार ३६० र क्वारेन्टाइनमा १४ हजार ४७१ रहेका छन् ।

    जिल्लागत नयाँ संक्रमितको विवरण 




    प्रकाशित : श्रावण १४, २०७७ १६:२९