२४ घन्टामा थप २२४ जनामा कोरोना संक्रमण 

    काठमाडौँ — मुलुकभर थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा थप २२४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमले शुक्रबारको पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । उनका अनुसार नेपालमा संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ । 

    २४ घन्टामा १५१ जना संक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै १४ हजार ३९९ जना कोरोना निको भएर डिस्चार्ज भएका प्रवक्ता गौतमले बताए । ७२.८ प्रतिशत संक्रमित निको भएको छ ।

    प्रकाशित : श्रावण १६, २०७७ १६:३३