काठमाडौं उपत्यकामा बुधबार थपिए ३८८  जना कोरोना संक्रमित
    Source: kathmandupress.com
    Source Url: https://kathmandupress.com/news/22084

    काठमाडौं, भदौ १७ : काठमाडौं उपत्यकामा थप  ३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    बुधबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार काठमाडौंका ३५०, ललितपुरका २९   र भक्तपुरका ९  जनामा कोरोना संक्रमण पुष्टि भएको हो।