उपत्यकामा २४ घन्टामा थप ४ सय ८ जनामा कोरोना संक्रमण

    काठमाडौँ — पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ४ सय ८ जना कोरोना संक्रमित देखिएका छन् । काठमाडौँमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ । 

    २४ घन्टामा जम्मा १२ हजार ४७३ पीसीआर परीक्षण भएका छन् ।

    प्रकाशित : भाद्र २०, २०७७ १६:३२