२४ घन्टामा नेपालमा १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४९ हजार २१९ पुग्यो

    काठमाडौँ — नेपालमा थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा बुधबार प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ ।

    २४ घन्टामा ११ हजार १६७ पीसीआर परीक्षण गरिएका छन् । हालसम्म ७ लाख ९९ हजार ३४१ परीक्षण भएका प्रवक्ता गौतमले बताए ।

    प्रकाशित : भाद्र २४, २०७७ १६:२३