नेपालमा थपिए ११ सय ७० कोरोना संक्रमित, संक्रमितको संख्या ५५ हजार नाघ्यो

    काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको बताएका छन् ।

    यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ८ सय ७९ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ३९ हजार ५ सय ७६ जना पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ६० पुगेको छ ।

    यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित १५ हजार ३ सय ९३ जना छन् भने ६ हजार ८ सय ९२ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए ।

    प्रकाशित : भाद्र २९, २०७७ १६:२२