साेमबार थपिए ४ हजार ४७ कोरोना संक्रमित

    काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको बताएका छन् ।

    यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १४ सय ७३ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७७ हजार २ सय ७७ जना पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको छ ।

    प्रकाशित : आश्विन २६, २०७७ १६:२४