काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए २ हजार ४ सय २ कोरोना संक्रमित

Source: ekantipur.com
Source Url: https://ekantipur.com/news/2020/10/16/160284556202032755.html
Source Url: https://ekantipur.com/news/2020/10/16/160284556202032755.html
काठमाडौँ — काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ४ सय २ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गाैतमले यसको पुष्टि गरेका हुन् ।
मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ७ सय ८४, ललितपुरमा ३ सय ७४ र भक्तपुरमा २ सय ४४ जना संक्रमित देखिएका हुन् ।
प्रकाशित : आश्विन ३०, २०७७ १६:३९