उपत्यकामा २४ घण्टामा थपिए १ हजार ७०२ कोरोना संक्रमित 

    काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा नयाँ १ हजार ७०२ कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४३१, ललितपुरमा १२३ र भक्तपुरमा १४८ जना संक्रमित देखिएका हुन् ।

    २४ घण्टामा जम्मा १३ हजार ८६१ पीसीआर परीक्षण भएका छन् ।

    पछिल्लो २४ घण्टामा मुलुकभर भने ३ हजार ९३ कोरोना संक्रमित थपिएका छन् । त्यस्तै २ हजार १०८ जना कोरोनामुक्त भएर घर फर्किएका मन्त्रालयले जनाएको छ ।

    प्रकाशित : कार्तिक ४, २०७७ १६:४८