पछिल्लो २४ घण्टामा थपिए २ हजार ९ सय ३३ कोरोना संक्रमित, ३ हजार १ सय ५० डिस्चार्ज

    काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार सोमबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ ।

    यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार १ सय ५० जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ३७ हजार ९ सय ९२ जना पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ८४ पुगेको छ ।

    प्रकाशित : कार्तिक १७, २०७७ १७:०७