काठमाडौं उपत्यकामा थप १६ सय २२ जनामा कोरोना संक्रमण

Source: ekantipur.com
Source Url: https://ekantipur.com/news/2020/11/02/160431650818938956.html
Source Url: https://ekantipur.com/news/2020/11/02/160431650818938956.html
काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा १३ सय ६२, भक्तपुरमा ९६ र ललितपुरमा १ सय ६४ कोरोना संक्रमित थपिएका हुन् । जसमध्ये ६ सय ३७ जना महिला र ९ सय ८५ जना पुरुष छन् ।
सोमबार देशभरि २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित : कार्तिक १७, २०७७ १७:१३