उपत्यकामा २४ घण्टामा थपिए १ हजार ८७८ कोरोना संक्रमित

Source: ekantipur.com
Source Url: https://ekantipur.com/news/2020/11/04/160448745724917396.html
Source Url: https://ekantipur.com/news/2020/11/04/160448745724917396.html
काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ८७८ कोरोना संक्रमित देखिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५७० भक्तपुरमा ११९ र ललितपुरमा १८९ जना नयाँ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा बुधबार थप ३ हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा १ लाख ८२ हजार ९२३ संक्रमितको संख्या पुगेको छ ।
त्यसैगरी २४ घण्टामा ३ हजार ८४४ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३६ हजार ९११ छ ।
प्रकाशित : कार्तिक १९, २०७७ १६:४२