काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए १ हजार ३९८ कोरोना संक्रमित

Source: ekantipur.com
Source Url: https://ekantipur.com/news/2020/11/05/160457440088914920.html
Source Url: https://ekantipur.com/news/2020/11/05/160457440088914920.html
काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ३९८ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित पुष्टि हुनेमा ६०१ महिला र ७९७ पुरुष रहेका छन् ।
काठमाडौंमा १ हजार ९१, भक्तपुरमा १४७ र ललितपुरमा १६० जना नयाँ संक्रमित थपिएका हुन् ।
बिहीबार मुलुकभर भने थप ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित : कार्तिक २०, २०७७ १६:५१