
Source Url: https://ekantipur.com/news/2020/11/11/160509143334594582.html
काठमाडौँ — नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेकाे छ । पछिल्लो २४ घन्टामा नेपालमा थप २५ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बुधबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २३ सय २९ पुगेको छ । पछिल्लाे २४ घण्टामा १0 हजार ८१ पीसीआर परीक्षण भएका छन् भने हालसम्म पीसीआर विधिबाट १५ लाख ७४ हजार २ सय ९५ परीक्षण भएकाे मन्त्रालयले जनाएकाे छ ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १६ सय ६६ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६२ हजार २ सय ४३ जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ७४ पुगेको छ ।
प्रकाशित : कार्तिक २६, २०७७ १६:२८