• खोक्दा र हाछ्युं गर्दा नाक र मुख छोप्ने ।
  • नियमित रूपमा साबुन पानीले हात धुने।
  • रूघा खोकी संक्रमित व्यक्तिको सम्पर्कबाट टाढा बस्ने ।
  • फ्लु जस्तो लक्षण देखिएका चिकित्सकसँग परामर्श लिने ।
  • मासु तथा अण्डा राम्रोसँग पकाएर मात्र खाने।
  • अनावश्यक भिड भएको स्थानमा नजाने ।
  • बाहिर जाँदा मास्कको प्रयोग गर्ने।
  • थप कुरा जान्नको लागि यो भिडियो हेर्नुहोस।

  • कोरोना भाइरसको संक्रमण हुन नदिन २० सेकेन्ड हात धुने तरिका



    संक्रमण रोक्न भिडभाड हुने ठाउँमा नजाऔं।

    नेपालमा सबैभन्दा गाह्रो कुरा भनेको बिहे ब्रतबन्ध भोज जाने कि नजाने भनेर हो। बोलाउनेले चित्तै दुखाएपनि, उहाँ संग क्षमाप्राथी हुँदै कृपया नजानुहोला। सकिन्छ भने बोलाउनेलाई कोरोना भाइरसको बारेमा बुझाएर अलिकति आर्थिक नोकसानी लागेपनि सामाजिक भलाइको लागि भोज स्थगित गर्न लगाउनुहोस्। सक्नुहुन्न भने आफुचाँही नजानुसहोस्।

    सही तरिकाले मास्क लगाउने तरिका

    कोरोना भाइरसबाट बच्न मास्कले खासै सहयोग गर्दैन। केवल बिरामी हुँदामात्र यो भाइरस संक्रमण हुन नदिन मास्क लगाउनुहोस् ।
    सार्स रोगको अनुसन्धान र एसियन मुलुकमा संक्रमणमा केहि रोक देखिको कारण बाहिर जाँदा मास्क लगाउनु उचित देखिन्छ। बिस्तृत जानकारीको लागि यहाँ पढ्नुहोस । तर मास्क किनेर घरमा थुपारेर नराख्नुहोस्, किनकि स्वास्थकर्मीहरुलाई यसको धेरै आवस्यकता छ।



    स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन र युनिसेफले बनाएको हेर्नैपर्ने भिडियो



    गैरआवासीय नेपाली संघले तयार गरेको सुचनामूलक भिडिओ