• १००.४ डिग्रीफरेनहाइट भन्दा माथि ज्वरो आउने ।
  • श्वास प्रश्वासमा अत्याधिक समस्या देखा पर्नु
  • रूघा खोकी बढ्नु
  • न्यूमोनिया लाग्नु

  • चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले ‘कोरोनाभाइरस’ को संक्रमण भएपछि निम्न लक्षण हुने बताएको छ

  • सुरूमा ज्वरो आउने तथा खोकी लाग्ने;
  • सास फेर्न गाह्रो हुने,
  • टाउको, जीउ दुख्ने
  • साधारण चिसो, फ्लु वा न्यूमोनिया हुनसक्ने

  • विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले पछिल्लो समय देखा परेको याे रोगको उत्पत्ति श्वासनलीमा आक्रमण गर्ने ‘कोरोना’ वर्गको अपरिचित भाइरसबाट भएकोले बिरामीले खोक्दा, हाच्छ्युँ गर्दा र सास फेर्दा निस्किने जीवाणु स्वस्थ मानिसको नाक, मुख र आँखाको सम्पर्कमा आएर सरेको हुनसक्ने अनुमान गरेका छन् । र यस सम्बन्धी छलफल गर्न डब्लुएचओले आज छलफल गर्दै छ । डब्लुएचओले काेराेना संक्रमण फैलिनसक्ने माध्यम हावा र पानीसमेत भएकोले यसबाट सावधानी अपनाउन भनिएको छ ।

    कोरोना भाइरसका धेरै प्रकारहरू हुन्छन्। ती मध्ये केवल ६ भाइरसलाई मात्र संक्रमण फैलाउन सक्ने भाइरस भनी बताइएको छ। सार्स नामक कोरोना भाइरसलाई अरुभन्दा खतरनाक भाइरस मनिन्छ।

    कोरोना भाइसरको वास्तविक नाम नोबेल कोरोना भाइरस हो । कोरोना भाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य अन्तर्गत पर्दछ ।