कोभीड - १९ को लागि कुनै विशेष उपचार छैन। कोभीड - १९ लक्षण देखेको व्यक्तिहरूलाई सहयोग गरी हेरचाह गर्नुपर्दछ। गम्भीर अवस्थामा , महत्त्वपूर्ण अंगहरुको विशेष प्राथमिता दिएर उपचार गनुपर्दछ।
मानिसहरू जसलाई शंका छ कि उनीहरूलाई कोभीड - १९ लागेको छ उनीहरुले स्वास्थ्य सेवा प्रदायकलाई तुरून्त सम्पर्क गर्नु पर्दछ।
यदि तपाइँमा लक्षणहरू देखा परेमा, अरूलाई संक्रमणबाट बचाउन कसरी आफूलाई अलग राख्ने?
कोरोनाभाइरस वृद्ध व्यक्ति वा शिशु र कमजोर प्रतिरक्षा प्रणालीको साथ अन्य मानिसहरूलाई बढी खतरामा छ। उनीहरूलाई जोगाउन यो जनसंख्याबाट आफूलाई अलग राख्नु महत्त्वपूर्ण छ। कोरोनाभाइरसले यसको लक्षण देखाउन १४ दिन लगाउछ। कृपया यी कुराहरुको अनुसरण गर्नुहोस्:
गर्नु हुने काम:
- घर मै बस्नुहोस्।
- आफुलाई अरु मान्छे भन्दा परै राख्नुहोस्। उदाहरणको लागि सकेसम्म एउटै कोठामा नबस्नुहोस्।
- आफुसँग बस्ने मान्छे भन्दा अरुसँग टाढा रहनुहोस्।
- हावा मज्जाले आउने जाने कोठामा बस्नुहोस्।
- औषधी र खानेकुरा घर परिवारलाई किन्न पठाउनुहोस्।
- शौचालय र बाथरूम सधैं सफा गर्नुहोस्।
- अन्लाईन अर्डर गरेको सामान घर बहिर नै छोड्न भन्नुहोस्।
- घर-परिवारले बाथरूम प्रयोग गरेपछी अन्तिम मा प्रयोग गर्नुहोस्।
- आफ्नो लागि छुटै रुमालको प्रयोग गर्नुहोस्।
- भाडाहरु साबुन र पानीले मज्जाले धुनुहोस्।
- पाल्तु जनावरबाट सके सम्म टाढा रहनुहोस् र छोएपछी साबुन र पानीले हात धुनुहोस्।
- साबुन र पानीले हात २० सेकेन्डसम्म धुनुहोस्।
- यदि अरु व्यक्तिलाई भेट्नै परेमा आफुले मास्कको प्रयोग गरेर मात्र भेट्नुहोस।
गर्न नहुने काम हरु:
- साथीभाईलाई घरमा भेट्न नबोलाउनुहोस्।
- अफिस, स्कुल वा भिडभाडमा नजानुहोस्।
- बस, ट्याक्सी र अरु सार्वजनिक यातायातको प्रयोग नगर्नुहोस्।
- भाडा, ग्लास, कप वा रुमाल घर परिवार भन्दा छुटै प्रयोग गर्नुहोस्।
कोरोनाको बारेमा थप जानकारी को लागि सरकारी टोल फ्री हटलाइन १११५ मा सम्पर्क गर्नुहोस।
कोरोनाभाइरस रोग प्रभावित क्षेत्रबाट फर्केकाहरुले १४ दिन सम्म अपनाउनुपर्ने अति आवश्यक क्रियाकलापहरू। युनिसेफले बनाएको यो भिडियो हेर्नुहोस।
source: NHS, UK